पूर्णबहादुर खड्का बने कांग्रेसका कार्यबाहक सभापति

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले खड्कालाई विधानअनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन्।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले यसको जानकारी दिँदै देउवाले स्वास्थ्यका कारण जिम्मेवारी हस्तान्तरण गरेको बताइन्। यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। आज (मंगलबार) सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते (बिहीबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ।

देउवाको प्रतिवद्धता

यसैबीच, केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने प्रतिवद्धता जनाएका छन्। उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए। सभापति देउवाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा अन्तरिम सरकार गठन भएर प्रतिनिधि सभा निर्वाचनको मिति तोकिए पनि चुनावका लागि आवश्यक वातावरण बन्न नसकेको प्रस्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *