इलामबाट काठमाडौँ आइरहेको कारमा आगलागी

काठमाडौँ। इलामबाट काठमाडौँ आइरहेको एउटा कारमा आगलागी भएको छ। उदयपुरगढी गाउँपालिका–७, अधेरीमा आज सोमबार बिहान गुडिरहेको बेला आगलागी हुँदा कार पूर्ण रूपमा जलेर क्षति भएको छ।

प्रहरीका अनुसार इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगलागी भएको थियो।

कारमा सवार इलाम, चुलाचुली गाउँपालिका–५ का चालक प्रेम कुमार सेन्चुरी (४२ वर्ष), उनकी श्रीमती अनिता सेन्चुरी (२७) र जेठा छोरा आयुष सेन्चुरी (१४) सकुशल छन्।

उनीहरूका कान्छा छोरा आरोन सेन्चुरी (७) सामान्य घाइते भएका छन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *