‘फ्रि-तिब्बत’ समर्थक भनिएका युवकबाट नक्कली पेस्तोल बरामद

काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा ‘फ्रि-तिब्बत’ समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल भिरेको भिडियो सार्वजनिक भएका युवकको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ।

काठमाडौँका एसएसपी रमेश थापाका अनुसार बौद्धस्थित तेन्जिङ दावाको घरबाट प्रहरीले उक्त नक्कली पेस्तोल बरामद गरेको हो।

प्रहरीले तेन्जिङ दावालाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। उनको ज्याकेटमा लेखिएको ‘टिओबी’ को अर्थ ‘तिब्बतीयन ओरिजनल ब्लड’ रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बिजुली बजार पुलमा अर्का एक युवकले दिएको पेस्तोल तेन्जिङले कम्मरमा भिरेर मोटरसाइकल चलाउँदै हिँडेको देखिन्छ। प्रहरीले यो भिडियोबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *