आन्दोलनको चपेटमा त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जल्यो

पुनः परीक्षाको तयारीमा त्रिवि

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ६ सय ५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अनुसार, आन्दोलनकारीले प्रहरी चौकीमा आगजनी गर्दा त्यहाँ राखिएका स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाका उत्तरपुस्तिकाहरू जलेका हुन्।

‘तीनवटा सेन्टरका उत्तरपुस्तिकाहरू जलेका छन्,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तिका जलेका कारण अब ती विद्यार्थीका लागि पुनः परीक्षाको सूचना निकाल्ने तयारी भइरहेको छ।’

उत्तरपुस्तिकाहरू सुरक्षित राख्नका लागि प्रहरी चौकीमा राखिएको अवस्थामा चौकी नै जलेसँगै ती सबै पुस्तिकाहरू पनि नष्ट हुन पुगेका थिए। यस घटनाले ६५२ विद्यार्थीको परीक्षा परिणाम र भविष्यमा सिधा असर पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *