पुरिएर इलाममा १८ जनाको मृत्यु

विराटनगर। इलामका विभिन्न स्थानमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ।

सूर्योदय, माङसेवुङ, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकामा गरी १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कोशी प्रदेश कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरूको नाम खुल्न बाँकी छ।।

इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धुसुनीमा २ जना, सोही वडाको धारेमा १ जना र फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रवक्ता पोखरेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *