सडकबाट गाडी खस्दा ६ जनाको मृत्यु, ६ सिकिस्त
विराटनगर। पाँचथरमा शनिबार भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृतकहरूको सनाखत हुन बाँकी छ । घाइतेमध्ये ५ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ।
पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका–३, कार्तिके भन्ने स्थानमा दुर्घटना भएको थियो।
मे १ ज ३०५५ नम्बरको पिकअप सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन्।
प्रतिक्रिया
