जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं। सरकारले हालै भएको जेनजी आन्दोलनका घटनाहरूको छानबिन गर्न एक उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को आज आइतबार साँझ बसेको बैठकले गत भदौ २३ र २४ गतेका घटनाहरूको अध्ययन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगका सदस्यहरूमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन्। यस आयोगलाई आफ्नो प्रतिवेदन बुझाउनका लागि तीन महिनाको समयसीमा दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *