हितेन्द्रदेव हटाइए, प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल
काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ। उनको स्थानमा मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री रामेश्वर खनालले जानकारी गराएअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरिएको छ।
नवनियुक्त कार्यकारी निर्देशक सिलवाल यसअघि प्राधिकरणका उपकार्यकारी निर्देशकको रूपमा कार्यरत थिए।

प्रतिक्रिया
