१२ कक्षाको पूरक परीक्षा असोज ७ र ८ गते
प्रतीकात्मक तस्बिर
काठमाडौँ। कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते हुने भएको छ। यसअघि भदौ २८ र २९ गते हुने तय भएको थियो।
जेन-जी आन्दोलनका कारण स्थगित परीक्षाको संशोधित तालिका सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डले यो जानकारी दिएको हो।
असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ।
अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्ने जनाइएको छ।
यस्तै असोज ८ गते दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ।

प्रतिक्रिया
