सविता भण्डारी बनिन् पहिलो महिला महान्यायाधिवक्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गरेकी छन्।

भण्डारी नेपालको इतिहासमा यो पदमा नियुक्त हुने पहिलो महिला हुन्। प्रधानमन्त्री कार्कीले भण्डारीको नाम महान्यायाधिवक्ताका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्।

यसअघि, यस पदमा रहेका रमेश बडालले आजै राजीनामा दिएका थिए।

महान्यायाधिवक्ताले प्रधानमन्त्रीको प्रमुख कानुनी सल्लाहकारका रूपमा भूमिका निर्वाह गर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *