बौद्धको भाटभटेनीमा जलेका ६ वटा शव
काठमाडौँ। काठमाडौँ महानगरपालिका-७, बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार शवहरू पूर्ण रूपमा जलेको अवस्थामा फेला परेका हुन्। ती कंकाल कसका हुन् भन्ने कुरा ‘डीएनए’ परीक्षणपछि पत्ता लाग्न सक्ने जनाइएको छ।
घटनास्थलबाट शवहरूलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
जेन-जीका नाममा भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसयता देशभरि आगजनी र तोडफोड भएको थियो। यसमा ठूलो क्षति भएको छ। यसअघि धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा चार जनाको शव भेटिएको थियो।
प्रतिक्रिया
