जलाइएको धरानको भाटभटेनीमा चार जनाको शव
विराटनगर। अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चारजनाको शव भेटिएको छ। जेन-जी आन्दोलनका क्रममा केही समूहले त्यहाँ आगजनी गरेको थियो।
प्रहरीका अनुसार शुक्रबार दिउँसो दोस्रो तलामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार शवको पहिचान खुलेको छैन। शव पूर्णरूपमा जलेको अवस्थामा छ। मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए।
प्रतिक्रिया
