पाथीभरा क्षेत्रमा पनि तोडफोड र आगजनी

विराटनगर। जेन-जी आन्दोलनको नाममा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि तोडफोड र आगजनी भएको छ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार भदौ २५ गते राति घटना भएको हो।

समितिका अध्यक्ष रक्की थेबेले तीर्थयात्रीका लागि बनाइएको हेल्थ डेस्क, हेल्प डेस्क र रेस्क्यु हाउसमा आगो लगाइएको बताए। पर्यटन विभागको सहयोग समेत गरी करिब साढे ३ करोड रुपैयाँमा दुई वर्षअघि ती संरचना बनाइएको थियो।

यसैबीच, प्रहरीले नागरिक सहायता कक्ष र अन्य दुईवटा संरचनामा तोडफोड र आगजनी भएको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *