जेन-जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ३४

काठमाडौं । काठमाडौँलगायत देशभर जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। देशभरका विभिन्न अस्पतालबाट लिइएको विवरण उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो।

सबैभन्दा धेरै काठमाडौँमा मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशका विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन्। ९४९ जना भने उपचारपछि घर फर्केको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको उपचार व्यवस्था सरकारले मिलाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ।

भ्रष्टाचार र बेथितिको अन्त्यको माग र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनअन्तर्गत भएको प्रदर्शनमा प्रहरीले चरम दमन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *