बोले पूर्वराजा, ‘देशभित्रबाटै समस्याको समाधान निकालियोस्’

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले जेन-जी पुस्ताले गरेको आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले देशका विभिन्न भागमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश आम चासोको विषय रहेको जनाएको छ।

‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत छ’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणासमेत पूर्वराजाबाट राखेको विज्ञप्तिमा उल्लेख छ।

हाल उठेको सुशासन र आर्थिक अननुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना पूर्वराजाले राखेको संवाद सचिवालयले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *