त्रिभुवन विमानस्थल बन्द
काठमाडौं । संघीय राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेकोले बन्द गर्नुपरेको हो।
उनका अनुसार अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकूल बन्दै गएपछि विमानस्थल बन्द गरिएको हो। उडिरहेका जहाजहरु अवतरण गरेपछि बाँकी उडान रद्द गरिएको छ। विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ।
प्रतिक्रिया
