स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन्।
यसैबीच, कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने तयारी गरेका छन्। कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पनि राजीनामा दिने तयारी गरेका छन्।
प्रतिक्रिया
