ओलीको बालकोटस्थित निवासमा आगजनी

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ। जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले निवासमा आगजनी गरेका हुन्।

सोमबार भएको जेन-जी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए। त्यसपछि आज बिहानैबाट प्रदर्शन अझ विस्तार भएको हो।

प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन्। काठमाडौंबाहेक अरु जिल्लामा पनि पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधन लगायतमा आगजनीको घटना बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *