गोली खान होइन, उनीहरू स्वतन्त्रताका पक्षमा सडकमा आएका थिए

लोकतन्त्र खोसिएका त्यति बेला ०६२/६३ को १९ दिने आन्दोलनमा २१ जनाले सहादत प्राप्त गरेका थिए ।
यति बेला लोकतान्त्रिक भनिएको शासन व्यवस्थामा लोकतान्त्रिक भनिएको सरकारबाट लोकतन्त्रको एउटा हिस्सा बनेको सामाजिक सञ्जालका पक्षमा गरिएको आन्दोलनलाई त्यो पनि भविष्य बोकेका जेन जीका कलिला युवाहरुको आन्दोलनमाथि यति धेरै दमन गर्नु र एकै दिनमा १९ जना कलिला युवाले सहादत प्राप्त गर्नु… यहाँभन्दा दुखद् र विडम्बनापूर्ण कुरा के हुन सक्ला ?
कलिला युवाहरुले सरकारको गोली खान होइन, स्वतन्त्रताका पक्षमा र भ्रष्टाचारका विरुद्धमा सडकमा आएका हुन् ।
जेन-जीका १९ जना युवा मारिँदा १९ ओटा सुन्दर भविष्यहरु मारिएका छन् । सयौँ घाइते हुँदा सयौँ भविष्यहरु घाइते भएका छन् ।
सरकारले आफूलाई बचाउने विज्ञप्ति होइन, जनता बचाउने विज्ञप्ति निकालोस् । आफ्नो प्रतिरक्षा गर्ने होइन, जनताको रक्षा गर्ने शासन गरोस् ।
सरकारले जवाफदेहिता देखाओस् !
अब यस्तो कहिल्यै कतै नहोस् !
सहादत प्राप्त कलिला युवाप्रति हार्दिक श्रद्धाञ्ली, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *