त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा स्थगित
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले केही दिनका लागि परीक्षा स्थगित गरेका छन्।
त्रिविले चार वर्षे स्नातक तहको २४, २५ र २६ गतेका परीक्षा स्थगित गरेको हो। परीक्षा नियन्त्रण कार्यालयका अनुसार, स्थगित भएका ती परीक्षा असोज २, ४ र ५ गते सञ्चालन हुनेछन्।
त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयले पनि २४ र २५ गतेका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्थगित गरेको छ। यसैबीच, काठमाडौं विश्वविद्यालयले भने २४ गते अध्ययन-अध्यापन नहुने जनाएको छ।
पठनपाठन बन्द
मनमोहन प्राविधि विश्वविद्यालयले मंगलबार सबै संकायका पठनपाठन बन्द हुने जनाएको छ।
जेन–जी पुस्ताको आन्दोलन र सुरक्षाको अवस्थालाई ख्याल गर्दै विश्वविद्यालयले सबै संकायको पठनपाठन बन्द हुने जनाएको छ। विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलले विज्ञीप्त जारी गर्दै शैक्षिक वतावरणका लागि असहज अवस्थालाई ख्याल गर्दै विद्यार्थीहरुको हितका लागि एक दिन सबै संकाय अन्तगतंका कलेजहरुको पठनपाठन बन्द भएको जानकारी गराएका छन् ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालय मोरंगको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा छ।
