२०० भन्दा बढी घाइते, कतिपयको अवस्था गम्भीर (नामावलीसहित)
सिभिल अस्पतालमा उपचाररत् घाइतेहरू । तस्बिर एस.बर्तौला
काठमाडौँ। काठमाडौंमा ‘जेन-जी’ युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। बेथिति र भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलन चर्किँदै जाँदा बानेश्वर क्षेत्रमा तनाव उत्पन्न भएपछि नियन्त्रणमा लिन प्रहरीले चरम बल प्रयोग गरेको थियो।
प्रहरी दमनमा परी घाइते भएकामध्ये ७ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको हो। ३ जनाको एभरेस्ट अस्पतालमा, २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ। यस्तै, त्रिवि शिक्षण अस्पताल र केएमसीमा १–१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल प्रशासनले जनाएका छन्।
प्रहरीको गोली, लाठी, पानीको फोहरा र अश्रुग्यास प्रहारपछि घाइते भएकामध्ये दुई सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा १००, ट्रमामा ५०, केएमसीमा ३५, एभरेस्टमा २०, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जना उपचार भइरहेको छ।
घाइते अधिकांशको टाउको र छातीमा गोली लागेको छ। एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ उपचाररतमध्ये ४ जनाको अवस्था गम्भीर छ। ट्रमा सेन्टरमा रहेकामध्ये १० जनाको अवस्था गम्भीर रेको डा. दीपेन्द्र पाण्डेले जानकारी दिएका छन्।
सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र फैलिँदो भ्रष्टाचारको विरोधस्वरूप ‘जेन–जी’ पुस्ताले काठमाडौँ, विराटनगर, पोखरा, इटहरी, इलाम, झापा, ताप्लेजुङ लगायत मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएकाहरूको नामावली :
श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)
सुलभ राज श्रेष्ठ– बाँके (२१ वर्ष)
बुद्धि तामाङ– कीर्तिपुर (४२)
नाम नखुलेका अन्दाजी २७–२८ वर्षका पुरुष
नाम नखुलेका अन्दाजी २८–३० वर्षका पुरुष
नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष
नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष
ट्रमा सेन्टरमा उपचारत घाइतेहरूको नामावली :
१. निकेश रिजाल– बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी– जुम्ला (२६ वर्ष)
३. पवन खड्का– महाराजगञ्ज (२१ वर्ष)
४. सुर्य राई– सिन्धुपाल्चोक
५. सौरभ कठायत– धनगढी (१९ वर्ष)
६. हरि अधिकारी– जुम्ला (१७ वर्ष)
७. सन्देश प्रधान– नवलपरासी (२७ वर्ष)
८. आशुतोष बस्नेत– इटहरी (१९ वर्ष)
९. सौरभ गौतम– भोजपुर (२० वर्ष)
१०. रोशन रेग्मी– गोरखा (१८ वर्ष)
११. रुपेश कार्की– भक्तपुर (२७ वर्ष)
१२. हरि बहादुर शाही– प्रहरी हवल्दार, जाजरकोट
१३. कुमार लार्मा– प्रहरी हवल्दार– दोलखा
१४. प्रकाश बोहरा– दैलख (२९ वर्ष)
१५. हरिहर सिलवाल–मैंपी, काठमाडौं (५२ वर्ष)
१६. नेत्र विक्रम थापा–पर्सा (३० वर्ष)
१७. दिलिप कुमार भुजेल–गाइघाट, उदयपुर (२६ वर्ष)
१८. नविन तामाङ– सिन्धुली (२२ वर्ष)
१९. मदन कार्की– सिन्धुली (२२ वर्ष)
२०. पहिचान नखुलेको
२१. अस्बिन राई– खोटाङ (२२ वर्ष)
२२. अनिल तामाङ– दोलखा (१९ वर्ष)
२३. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)
२४. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)
२५. राजेन्द्र साउद– अछाम (२५ वर्ष)
२६. नाम नखुलेका
२७. नोर्बु तामाङ– सिन्धुपाल्चोक (१७ वर्ष)
२८. निक मगर– कीर्तिपुर (३३ वर्ष)
२९. पवन शाही– कालिकोट (२६ वर्ष)
३०. लिजा अधिकारी– मोरङ (२० वर्ष)
३१. भावना पौडेल– विवरण नखुलेको
३२. समिर लामा– हेटौंडा (२२ वर्ष)
३३. प्रकाश धामी– कैलाली (२७ वर्ष)
३४. सही अहमद– चन्द्रागिरी, काठमाडौं (२० वर्ष)
३५. कपिल श्रेष्ठ– काठमाडौं (३० वर्ष)
३६. विजय अधिकारी– रुकुम (२२ वर्ष)
३७. रुपेश कार्की– दोलखा (२७ वर्ष)
३८. सुहानी श्रेष्ठ–बर्दिया (१९ वर्ष)
३९. अबिक तन्डुकार– काठमाडौं (२२ वर्ष)
४०. अविषेक भण्डारी– बझाङ (१७ वर्ष)
४१. आयमान मगर– धरान (२३ वर्ष)
४२. सागर भटराई –झापा (२१ वर्ष)
४३. परिचय नखुलका व्यक्ति
४४. सन्देश प्रधान– नवलपरासी (२० वर्ष)
४५. सोम शर्मा– बागलुङ (३० वर्ष)
४६. ईश्वर धकाल– कपुरधारा (२० वर्ष)
४७. सितेशजंग परियार– काठमाडौं (२२ वर्ष)
४८. समु धकाल– काठमाडौं (३७ वर्ष)
४९. लुसन सुब्बा– झापा (२१ वर्ष)
५०. नबिन श्रेष्ठ–संखुवासभा (१९ वर्ष)
५१. साहिल अहमद– काठमाडौं (२० वर्ष)
५२. केशव अधिकारी– (३२ वर्ष)
५३. सन्तकुमार महतो–
५४. आसुतोष झा– काठमाडौं (२० वर्ष)
५५. रोशन पराजुली– काभ्रे (२६ वर्ष)
अन्य अस्पतालमा मृत्यु भएका तथा उपचाररत् घाइतेहरूको विवरण प्राप्त हुन बाँकी छ।
