कांग्रेस नेताले भने, ‘गृहमन्त्री तुरुन्तै राजीनामा देऊ’

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनुपर्यो।’

नेपाली कांग्रेसकै नेताले आफ्नै पार्टीका गृहमन्त्रीको राजीनामा मागेपछि यो विषय चर्चामा आएको छ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जीले गरेको आन्दोलनका क्रममा सरकारले चरम दमन गरेपछि सर्वत्र विरोध र आलोचना भइरहेको छ। काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी दमनपछि दर्जनभन्दा बढीको ज्यान गइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *