कर्फ्यू आदेशपछि बानेश्वर क्षेत्रमा सेना परिचालन

काठमाडौँ। जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार मध्याह्न १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिएका छन्। प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गर्न खोजेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार, कर्फ्यू लगाइएका क्षेत्रहरूमा नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्मका इलाकाहरू पर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *