खुकुरी देखाएर धम्क्याउँदै धनमाल लुटियो

झापा। शिवसताक्षी नगरपालिका–११ मा बिहीबार राति तीन जनाको समूहले एक घरमा लुटपाट गरेको छ। करिब ८:४० बजेतिर मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले स्थानीय कृष्णकुमारी राईको घरमा प्रवेश गरी लुटपाट गरेका हुन्।

उनीहरूले ५३ वर्षीया राईले लगाएको करिब तीन तोला सुनका गहना र घरमा राखेको १ लाख रुपैयाँ नगद लुटेर भागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार प्रारम्भिक अनुमानमा करिब सात लाख रुपैयाँ बराबरको लुटपाट भएको छ।

उनीहरूले खुकुरी र चक्कु देखाएर राईलाई धम्क्याउँदै गरगहना लुटेको डीएसपी खड्काले बताए। प्रहरीले लुटपाटमा संलग्न समूहको खोजी गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *