विराटनगर महानगरमा शुक्रबार सार्वजनिक बिदा

विराटनगर। विराटनगर महानगरपालिकाले ‘मोहम्मद डे’ को अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा महानगरपालिकाले बिदा दिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार अत्यावश्यक सेवाबाहेक महानगर अन्तर्गतका सम्पूर्ण कार्यालयहरू बन्द रहनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *