एकै दिन भूकम्पका तीन धक्का

काठमाडौँ। मंगलबार एकै दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ११ः२३ बजे सिन्धुपाल्चोकको तारामराङ आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको छ। यसबाट कुनै क्षति भएको खबर भने आएको छैन।

यसअघि, मंगलबार बिहान ६ः१५ बजे गोरखाको हंशपुरमा ४ म्याग्निच्युडको र दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। सिन्धुपाल्चोकमा गएको भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *