दोलखा र गोरखामा भूकम्प

काठमाडौं । दोलखा र गोरखामा आज मंगलबार दुईवटा भूकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

आजै बिहान ६ बजेर १५ मिनेटमा गोरखाको अजिरकोट गाउँपालिका–३, हंशपुर केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *