विद्यार्थीहरूलाई एआई प्रयोगबारे प्रशिक्षण

इटहरी। इटहरीको पाथीभरा सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरूलाई एआई (कृत्रिम बौद्धिकता) सम्बन्धी तालिम दिएको छ। कक्षा ६ देखि ९ सम्मका ८ सयभन्दा बढी विद्यार्थीहरू सहभागी थिए।

एआईलाई कम्प्युटर विज्ञानको महत्वपूर्ण माध्यम मानिन्छ। यसले विशेष उपकरण मार्फत् मानिसले जस्तै सोच्न, सिक्न र कतिपय जिज्ञासा र समस्या समाधान गर्न सक्छ।

विद्यालयले किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई जीवनोपयोगी सीपहरू पनि सिकाउने प्रयास गरिरहेको अध्यक्ष निर्मल रिजालले जानकारी दिए।

एनपीआईका प्रशिक्षक लिलाराज भट्टराईले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए। एआईको सही प्रयोगबाट विद्यार्थीहरूले घण्टौँ लाग्ने कामहरू मिनेटमै गर्न सक्ने उनले बताए।

विद्यालयका प्रिन्सिपल डा. गोपाल श्रेष्ठले तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूमा ‘स्मार्ट अध्ययन’ को विकास गर्नु रहेको बताए।

यो तालिम पाथीभरा स्कुलले आयोजना गरेको १५ सेसनको बृहत् प्रशिक्षण कार्यक्रमको एक हिस्सा थियो। यसअन्तर्गत ८ जना प्रशिक्षकहरूले विद्यार्थीहरूलाई विभिन्न विषयमा प्रशिक्षित गरेका थिए।

यो पहलले विद्यार्थीहरूलाई भविष्यको लागि तयार पार्न र उनीहरूको सिकाइलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *