बिर्तामोडको स्वीमिङ पुलमा डुबेर युवकको मृत्यु
तस्बिरः झापा टुडे
झापा। बिर्तामोडस्थित एक स्वीमिङ पुलमा डुबेर युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्क कम्पाउन्डभित्रको स्वीमिङ पुलमा घटना भएको हो।
पौडी खेल्ने क्रममा बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईंको ज्यान गएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
शुक्रबार दिउँसो करिब ३ बजे प्रसाईं र उनका साथी केशव शिवाकोटी पार्क घुम्न गएका थिए। त्यही क्रममा उनीहरू पौडी खेल्न स्वीमिङ पुलमा पसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्वीमिङ पुलका सञ्चालकले राति ८ बजे मात्रै घटनाको जानकारी दिएका थिए। प्रहरीले सञ्चालकसँग सोधपुछ गर्दै घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
