ताप्लेजुङमा कार्यरत झापाका असईको मृत्यु

विराटनगर । ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको आज शुक्रबार मृत्यु भएको छ।

झापाको धुलाबारी घर भएका ४५ वर्षीय भुजेल ड्युटीमा जान लागेका बेला जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको परिसरमै अचानक बेहोस भई भुइँमा लडेका थिए।

प्रहरीका अनुसार भुजेललाई तत्काल जिल्ला अस्पताल पुर्याइएको थियो। त्यहाँ चिकित्सकहरूले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए। भुजेलको मृत्यु हृदयाघातका कारण भएको अनुमान गरिएको छ।्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *