नहरले बगाउँदै ल्यायो महिलाको शव

विराटनगर। मोरङको बुढीगंगामा सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा एक महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान बुढीगंगा गाउँपालिका-७ मा नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ३०-३२ वर्षीया महिलाको शव भेटिएको हो।

पेटिकोट र ब्लाउज लगाएको अवस्थामा भेटिएको मृतकको पहिचान भने खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले मृतकको पहिचानका लागि प्रयास भइरहेको जानकारी दिइन्। बिहीबार राति बाढीले बगाएको हुनसक्ने अनुमान गरिएको उनले बताइन्।

शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *