कोशी, गण्डकी र सुदूरमा भारी वर्षाको सम्भावना

काठमाडौँ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालका केही भागमा मनसुन सक्रिय भएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानको वरिपरि रहेकाले देशभर बदली भएको छ।

आज शुक्रबार दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

महाशाखाले वर्षाका कारण पहिरो जाने, गेग्रान बग्ने र ठूला तथा साना नदी र खोलाहरूको जलस्तर बढ्ने जोखिम रहेको बताएको छ। यसबाट यातायातमा पनि असर पर्न सक्ने भएकाले सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *