भदौ १८ गतेदेखि निजी विद्यालयहरू बन्द गर्ने चेतावनी

काठमाडौँ। निजी विद्यालयका छाता सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपिनले विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समावेश नभए भदौ १८ गतेबाट अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विधेयकका केही प्रावधानहरूमा असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्।

सङ्गठनहरूको मुख्य मागहरूमा विधेयकबाट गैरनाफामूलक र पूर्ण छात्रवृत्तिसम्बन्धी प्रावधानहरू हटाउनु पर्ने रहेको छ।

निजी विद्यालय सञ्चालकहरूले घोषणा गरेका दोस्रो चरणका आन्दोलनका कार्यक्रम यस्तो छ-

भदौ १२ गते: सबै जिल्ला सदरमुकाम र उपत्यकामा माइतीघर मण्डलाबाट बृहत् खबरदारी सभा र र्‍याली गरिनेछ।

भदौ १४ र १५ गते: आगामी कार्यक्रमको तयारीका लागि बैठक

भदौ १६ गते: देशैभरिका स्कूल बसहरूमा कालो झन्डा र ब्यानर राखेर नगर परिक्रमा गरिनेछ। काठमाडौँ उपत्यकामा २७ किलोमिटर चक्रपथ वरिपरि र जिल्लाहरूमा र्‍याली

भदौ १७ गते: आगामी कार्यक्रमको समीक्षा र तयारी बैठक

भदौ १८ गते: देशभर बृहत् खबरदारी सभा आयोजना । मागहरूको सुनुवाइ नभएअनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *