झापाको बुद्धशान्तिमा भेटियो राज गोमन
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–७, जरेबरस्थित रनबहादुर चेम्जोङको घरमा दुर्लभ मानिने राज गोमन (किङ कोब्रा) सर्प फेला परेको छ।
स्थानीय सर्प उद्धारकर्ताहरू कृपेश कार्की, श्याम प्रधान र वीरेन्द्र तिवारीले सर्पको उद्धार गरेका थिए। उक्त सर्पको तौल करिब ८.५ किलो र लम्बाई १२.५ फिट छ।
जिल्ला वन कार्यालय, भद्रपुरको समन्वयमा उक्त सर्पलाई बिर्तामोडस्थित सामुदायिक वनको प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छाडिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिए।
प्रतिक्रिया
