बाढीमा फसेपछि ४ जना रातभरि ढुंगाको आडमा
पाँचथर। बाढीले खोलामा फसेका चार जनाको उद्धार गरिएको छ। पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ, सिदिङवा गाउँपालिकाको सिमानामा पर्ने इवा खोलामा माछा मार्न गएका उनीहरू मंगलबार साँझ अचानक आएको बाढीमा फसेका थिए।
उनीहरूलाई रातभर उद्धार गर्न नसकिएपछि प्रहरीले खाजाका लागि चाउचाउ र आगो बाल्न लाइटर दिएको थियो। रातभर ठूलो ढुंगाको आडमा आगो तापेर बसेका उनीहरूलाई बुधबार बिहान प्रहरी र स्थानीयको सहयोगमा बाँसको पुल बनाएर सकुशल उद्धार गरिएको हो।
उद्धार गरिएकाहरूमा १९ वर्षीय प्रतीक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेरबहादुर मगर र २२ वर्षीय सन्तोष पन्धाक छन्।
प्रतिक्रिया
