इलामका किरणको ककनी दुर्घटनामा मृत्यु
इलाम। इलामको माइजोगमाई गाउँपालिका-२ घारेगाँउका ४५ वर्षीय किरण राईको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । हर्कवीर राईका छोरा किरणको मंगलबार नुवाकोटको ककनीमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
उनी वैदेशिक रोजगारीका लागि कोरियामा १० वर्ष बसेर हालै फर्किएका थिए। पछिल्लो समय उनी ललितपुरको हात्तीबनमा बस्दै आएका थिए।
उनका श्रीमती, एक छोरा र एक छोरी छन्। यसैबीच, राईको अन्तिम संस्कार काठमाडौँको आज बुधबार काठमाडौँको पशुपति क्षेत्रमा गरिने भएको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए।
प्रतिक्रिया
