विराटनगरमा भएको दुर्घटनामा बर्जुका युवकको मृत्यु

विराटनगर । विराटनगरको दुधफारम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको ज्यान गएको हो।

प्रहरीले विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको मिनी ट्रक (प्रदेश १–०२–००१ क ५१८९) रोकेर जाँच गर्ने क्रममा सोही दिशातर्फ आइरहेको मोटरसाइकल (प्रदेश १–०२–००४६ प ६४०१) ट्रकको पछाडि ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सामाजिक अभियन्ताका रूपमा परिचित थिए। थारु कला केन्द्रका सचिव रहेका उनी नेपाल तरुण दलमा पनि आबद्ध थिए।

दुर्घटनापछि प्रहरीले ट्रक चालक ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *