गोली प्रहार गरी पूर्वशिक्षकको हत्या

काठमाडौं। सर्लाहीको हरिपुर्वामा अज्ञात समूहले गोली प्रहार गरी एक जना शिक्षकको हत्या गरेको छ। हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवको गोली हानी हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार यादवलाई शुक्रबार राति करिब साढे ८ बजे गोली प्रहार भएको थियो। उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको डीएसपी राईले जानकारी दिए।

स्थानीय एक निजी विद्यालयका पूर्व शिक्षक रहेका उनी पछिल्लो समय खेती किसानी गर्दै आएका थिए। मोटरसाइकलमा आएका हतियारधारीहरूले यादवमाथि गोली प्रहार गरेको प्रहरीको भनाइ छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *