राधाकृष्ण प्रणामी मन्दिरमा १५ दिने बितक कथा

विराटनगर। कृष्णजन्माष्टमीको भोलिपल्ट आगामी आइतबार विराटनगरको पोखरिया क्षेत्रमा पनि राधाकृष्ण रथ शोभायात्रा निकालिँदैछ। विराटनगरको राधाकृष्ण मन्दिरबाट निकालिने यात्रा दिउँसो हुनेछ भने पोखरियामा बिहानै रथयात्रा गरिने भएको छ।

विराटनगर–३ स्थित राधाकृष्ण प्रणामी मन्दिरले रथयात्रा निकाल्ने भएको हो। विगत वर्षहरूमा पनि रथयात्रा निकालिँदै आएको सञ्चालक समितिका सचिव किशोर खनालले जानकारी दिए।

रथ शोभायात्राका क्रममा डडिया नृत्य, बाल नृत्य लगायत सांकृतिक झाँकी र भजन कीर्तन टोलीहरूको सहभागिता हुने जनाइएको छ। मन्दिरबाट सिंहासनमा राखिएको राधाकृष्णको प्रतिमूर्तिलाई गाडीमा राखेर कन्चनबारी, आयल निगम हुँदै मन्दिरमै आएर यात्रा समापन गरिने भएको छ।

हाल उक्त मन्दिरमा श्रीमद् बितक चर्चा एवं कृष्ण कथा वाचन भइरहेको छ। देवघाटस्थिा श्रीकृष्ण कृपाधामकी महन्त साध्वी १०८ तारा माताको प्रमुख उपस्थितिमा कथा वाचन भइरहेको हो।

साउन १६ गते सुरू भएको कथा वाचन १६ दिनसम्म चल्ने सचिव खनालले बताए। साउन ३१ गते कथा वाचन समापन हुनेछ। त्यस दिन जन्माष्टमी परेकाले दधि उत्सव आयोजना गरिने भएको छ।

कथा वाचनका क्रममा नियमित भजन कीर्तन पनि भइरहेको छ। दिनहुँ यस कार्यक्रममा उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनको सहभागिता भइरहेको छ। समितिअन्तगृत बाइजुराज महिला समिति र युवा परिषद्को यसमा सक्रियता छ।

कथा वाचनका क्रममा भजन प्रस्तुतिमा जमुना माता र संगीतमा सुजन तिम्सिनाले साथ दिइरहेका छन्। यही क्रममा जनै पूर्णिमाका दिन सामूहिक रूपमा रक्षा बन्धन कार्यक्रम आयोजना गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *