इलामको कन्याममा सबैभन्दा बढी वर्षा, कहाँ कति ?
तस्बिरः टेकराज गिरी
विराटनगर। मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा इलाम, सूर्योदय नगरपालिका कन्याममा भएको छ। त्यस क्षेत्रमा १४६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
२४ घण्टामा कुन–कुन ठाउँमा कति वर्षा?
इलाम (कन्याम) – १४६ मिलिमिटर
झापा (बाहुनडाँगी) – १३५ मिलिमिटर
झापा (अनारमनी) – १२५ मिलिमिटर
कास्की – १२४ मिलिमिटर
उदयपुर (गाईघाट) – ११४.४ मिलिमिटर
सुनसरी (चतरा) – ११२ मिलिमिटर
सिन्धुपाल्चोक (गोब्रे) – १०८ मिलिमिटर
यसका साथै, अन्य नौ मापन केन्द्रहरूमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ। यसलाई भारी वर्षा मानिन्छ। करिब ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ६० मिलिमिटरको बीचमा वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ। यसले गर्दा आगामी २४ घण्टा मनसुन पूर्वी नेपालभन्दा पश्चिमी नेपालतर्फ बढी सक्रिय रहने सम्भावना छ।
