बसको ठक्करले विराटनगरमा बृद्धको मृत्यु

विराटनगर। विराटनगरका पिपल चोकमा बसको ठक्करले बुधबार दिउँसो एक जना वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ मा भएको उक्त दुर्घटनामा विराटनगर–५ का ९२ वर्षीय दिलबहादुर खत्रीको ज्यान गएको हो।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार विराटनगरबाट इटहरी जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७०५ नम्बरको बसले सडक पार गरिरहेका खत्रीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। पुर्याउनासाथ चिकित्सकले खत्रीको मृत्यु भइसकेको जानकारी दिएका थिए। बस चालक टेकबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *