‘कारागारमा नाइके र चौकीदार राख्दा विकृति’

काठमाडौं। एमाले सांसद सुहाङ नेम्वाङले नेपालमा मात्रै कारागारमा नाइके, भाइनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था रहेको बताएका छन्। उनले विश्वका कुनै पनि देशमा नरहेको यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको उल्लेख गरेका छन्।

बुधबार बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्तो व्यवस्थाले कारागारभित्र विकृति ल्याएको जिकिर गरे।

‘कारागारमा नाइके, भाइनाइके र चौकीदारहरूले दमन गरेको भन्ने कुरा सुन्नमा आएको छ। हामीले नियमावली बनाएर उनीहरूलाई निश्चित सेवा सुविधा दिएका रहेछौं भन्ने थाहा पाउँदा मलाई अचम्म लाग्यो।’

कानुनका विद्यार्थीसमेत रहेका नेम्वाङले विश्वका अन्य देशका कानुनमा यस्तो व्यवस्था नभएको दाबी गरे। नेपालको कारागार नियमावलीको दफा ५३ मा नाइके, भाइनाइके र चौकीदारको व्यवस्था गरिएको छ।

व्यवस्थापन सहज बनाउन यो नियम बनाइएको भए पनि यसले विकृति ल्याएको उनको भनाइ छ। उनले कारागारमा नाइके, भाइनाइके र चौकीदार राख्ने व्यवस्थामा पुनर्विचार गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *