इलामको रोङमा पहिरोमा पुरिएर वृद्धको मृत्यु
इलामको हर्कटेमा झरेको पहिरो पन्साइँदै। तस्बिरः प्रकाश भट्टराई
इलाम। रोङ गाउँपालिकामा पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ। उक्त पालिकाको वडा ४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी स्थानीय ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरतिर आइरेका बेला स्थानीय खोल्सामा लेदोसहित आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मानबहादुर राईले जानकारी दिए।
मंगलबारदेखि भइरहेको वर्षाका कारण इलामको हर्कटेलगायत स्थानमा पहिरो खसेको छ। ठूला ढुंगासहित पहिरो खसेकाले यातायात सञ्चालनमा केही कठिनाइ भइरहेको छ। पहिरो पन्साएर सहज बनाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया
