दुहबीमा सेप्टिक ट्यांकीभित्र भेटियो ठेकेदार र कामदारको शव
विराटनगर। सुनसरीको दुहबीस्थित एक घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदारको शव फेला परेको छ।
दुहबी नगरपालिका–४, शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार तामाङ उक्त घर बनाउने ठेकेदार र राई कामदार हुन्।
इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेर प्रारम्भिक प्रक्रिया पूरा गरेसँगै अनुसन्धान अघि बढाइएको छ। उनीहरूको के कारणले मृृत्यु भयो भन्ने खुलेको छैन। मृत्युको कारण पत्ता लगाउन धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाइएको छ।
प्रतिक्रिया
