भारतको बाढीमा बेपत्ता २६ जना नेपालीको अवस्था अज्ञात (बेपत्ताको नामसहित)

काठमाडौं। भारतको उत्तराखण्डमा गत हप्ता आएको बाढीमा परी २६ जना नेपाली नागरिक बेपत्ता भएको सार्वजनिक भएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ जना र पौडीगढवालको बंकुरामा ५ जना गरी जम्मा २६ जना बेपत्ता भएका हुन्।

धराली क्षेत्रमा बेपत्ता भएकामा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर छन्।।

दूतावासका अनुसार पौडीगढवाल क्षेत्रमा बेपत्ता भएकामा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक छन्।

उत्तरकाशीको धराली बजारमा गत मंगलबार आएको बाढीले त्यहाँका होटल र स्याउ फार्ममा काम गर्ने नेपालीहरूलाई बगाएको अनुमान गरिएको छ। अहिले उक्त क्षेत्रमा फोन र बिजुली सेवा सुरु भएपछि बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *