सुनसरीमा दुर्घटना : ३ जनाको मृत्यु, १७ घाइते
विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ। १७ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा पश्चिमतर्फ गइरहेको बस र राजविराजबाट विराटनगर आइरहेको विङ्गर (माइक्रो) आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जादै गरेको मे १ ख १७९९ नम्वरको बस र प्र २९०१९००१ ज ००४७ नम्वरको विङ्गर ठोक्किएर दुर्घटना भएको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
मृतकको पहिचान हुन बाँकी रहेको जनाइएको छ। प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि पठाइएको छ। तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ।
बस चालक झापाको अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
