पहिरोमा परी नेपालीको मृत्यु भएको पुष्टि छैनः दूतावास
काठमाडौँ। भारतको उत्तराखण्ड प्रदेशमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ७ जना नेपाली बेपत्ता भएका छन्। उत्तराखण्ड प्रहरीका अनुसार साउन २ गतेको बाढी पहिरोका कारण धनजनको क्षति भएको थियो।
नेपालको नयाँ दिल्लीस्थित राजदूतावासले पहिरोमा परेका ८ जनालाई सकुशल उद्धार गरिएको छ र घटनास्थलमा २ जनाको शव फेला परेको जनाएको छ। मृतकको सूचीमा कुनै पनि नेपाली नागरिक नरहेको पनि राजदूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ।
उत्तराखण्ड प्रदेशको पौडी गढवाल जिल्लामा अगस्ट ५ मा गएको बाढी पहिरोपछि ७ जना नेपाली बेपत्ता भएको जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ। बेपत्ता भएका ८ जना नेपालीमध्ये उपचारपछि ३ जना घर फर्किएका छन् भने १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
राजदूतावासले बेपत्ता नेपालीहरूको खोजी, उद्धार, उपचार र अन्य आवश्यक सहयोगका लागि उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू र भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको राजदूतावासले जनाएको छ।
