एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
फाइल तस्बिर
काठमाडौं। भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज शुक्रबार साउदी अरेबियासँग खेल्दैछ। खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। साउदी अरेबियाले उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूह विजेता बन्ने सम्भावनामा धक्का लागेको छ। बलियो टोली उत्तर कोरियासँग नेपालले अब खेल्न बाँकी छ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने दुई उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ। आजको खेलमा नेपालले साउदी अरेबियालाई हराएर आफ्नो छनोट सम्भावनालाई मजबुत बनाउने लक्ष्य राखेको छ।
प्रतिक्रिया
