एएफसी यू-२० महिला छनोट: भुटानसँग नेपाल १-१ को बराबरीमा

काठमाडौं। भुटानमा आजदेखि सुरु भएको एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग १-१ को बराबरीमा रोकिएको छ।

थिम्पुको चाङ्लिमिथाङ स्टेडियममा भएको यो खेलमा नेपालले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। खेलको पहिलो मिनेटमै सेनु परियारले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी थिइन्।

तर, नेपालको खुसी धेरै बेर टिकेन। १८औं मिनेटमा भुटानका लागि केल्देन वाङ्‍मोले बराबरी गोल फर्काइन्। त्यसपछि भने दुवै टोलीबाट कुनै गोल हुन सकेन।

हालै सम्पन्न साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ र ८-० को फराकिलो अन्तरले हराएको थियो। तर, आजको खेलमा भुटानले निकै सुधारिएको प्रदर्शन गर्‍यो।

यसै समूहको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० को भारी गोलअन्तरले पराजित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *