भारतबाट नक्कली नेपाली नोटको बिटो लिएर नेपालतिर
विराटनगर। सुनसरीबाट नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपाल आउँदै गर्दा कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्टबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सप्तरीको हनुमान कंकालिनी नगरपालिकाका २६ वर्षीय राजेशकुमार रजक र २५ वर्षीय राजेश चमार रजक छन्। उनीहरू लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए।
सुनसरी प्रहरीका प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकसँगबाट नेपाली १ हजार रुपैयाँ दरका ३८ वटा नक्कली नोट बरामद भएको छ।
प्रतिक्रिया
